तोलामा ७०० ले बढ्यो सुनको मूल्य
२०८१ फाल्गुन ६, ०१:४७
काठमाडौँः मङ्गलबार सुनको मूल्य तोलामा सात सय रुपैयाँले बढेको छ।
आज सुनको मूल्य तोलामा एक लाख ६९ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।,आज चाँदीको मूल्य भने स्थिर छ। चाँदी हिजोजस्तै तोलामा एक हजार ९७० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ।
कमेन्ट लोड गर्नुस