सुदूर नेपाललाई विश्वसँग जोड्दै

आज २७ सयले घट्यो सुनको मूल्य, चाँदीको कति ?

२०८१ माघ ३०, ११:१६

काठमाडौँः नेपाली बजारमा सुनको मूल्य प्रतितोला २ हजार ७०० रुपैयाँ घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार निरन्तर बढेको सुनको मूल्य बुधबार घटेको हो। आज छापावाल सुनको मूल्य तोलामा १ लाख ६७ हजार ५०० रुपैयाँ कायम भएको छ। मंगलबार सुनको मूल्य तोलामा १ लाख ७० हजार २०० रुपैयाँ कायम भएको थियो। मंगलबार चाँदी तोलामा १ हजार ९४५ रुपैयाँ कायम भएको थियो भने आज घटेर १ हजार ९३० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

चाँदीको मूल्य आज १५ रुपैयाँले घटेको हो।
 

कमेन्ट लोड गर्नुस