सुदूर नेपाललाई विश्वसँग जोड्दै

उद्योग वाणिज्य संघका अध्यक्ष सहित तीन जना पक्राउ परेपछि अत्तरिया बजार बन्द

पसल बन्द गर्दै हिडेका व्यापारी
पसल बन्द गर्दै हिडेका व्यापारी
२०७६ असार १८, ०१:१५ खबर संवाददाता

प्रहरीले आज बिहान पत्रकार सम्मेलनबाटै अत्तरिया उद्योग वाणिज्य संघका अध्यक्ष सहितका तीनजनालाई पक्राउ गरेको विरोधमा व्यापारीहरुले बजार बन्द गराएका छन्। उद्योग वाणिज्य संघका अध्यक्ष अशोकराज देवकोटा, सदस्य विपिन साउँद र व्यापारी दिनेश विष्टलाई प्रहरीले पत्रकार सम्मेलनका क्रममा पक्राउ गरेपछि व्यापारीहरुले अत्तरिया बजार बन्द गरेका हुन्।

अत्तरियाका सम्पुर्ण व्यापारी,व्यवसायीहरुको साझा समस्यालाई नगरपालिकाको नगरसभामा राख्न नपाएको विषयमा विरोध गर्दा मुद्धा लगाएर पक्राउ गर्नु गलत भएको भन्दै अत्तरियाका व्यापारीहरुले स्वस्फुर्त रुपमा पसल बन्द गरेका अत्तरिया उद्योग वाणिज्य संघका महासचिव यज्ञराज जोशीले जानकारी दिए।

प्रहरीले सार्वजनिक हित विरुद्धको कसुर अन्र्तगत गोदावरी नगरपालिकाले दर्ता गरेको मुद्दामा उनीहरुलाई पक्राउ गरेको हो। नगरपालिकाले अध्यक्ष देवकोटा सहितका ८ जना व्यापारी विरुद्ध मुद्दा दर्ता गरेको थियो। गत असार १० गते नगरसभामा उद्योग वाणिज्य संघलाई शुभकामना मनतव्य सहित मागहरु राख्न नदिएकपछि केही व्यापारीले विरोध जनाएका थिए।

नेकपा स्थायी कमिटि सदस्य लेखराज भट्ट सहभागी नगरसभामा अवरोध सिर्जना गरेको भन्दै नगरपालिकाले उद्योग वाणिज्य संघका पदाधिकारी सहित केही व्यापारी विरुद्ध मुद्धा दर्ता गरेको थियो। उद्योग वाणिज्य संघले आज सोही विषयमा आफ्नो आधिकारिक धारणा सार्वजनिक गर्न अत्तरिया स्थित कार्यालयमै पत्रकार सम्मेलन गरेको थियो। सोही क्रममा ईलाका प्रहरी कार्यालय मालाखेतीले उनीहरुलाई आज बिहान पक्राउ गरेको थियो। 
 

कमेन्ट लोड गर्नुस