एक लाख ७० हजार नाघ्यो सुनको मूल्य

२०८१ माघ २९, ०२:३६
काठमाडौँः मङ्गलवार सुनको मूल्य ६०० रुपैयाँले बढेको छ।
आज सुन तोलाको एक लाख ७० हजार २०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। हिजो सुनको मूल्य एक लाख ६९ हजार ८०० रुपैयाँ थियो। पछिल्लो समय सुनको भाउ लगातार बढिरहेको छ। आज चाँदीको मूल्य भने ३० रुपैयाँले घटेर तोलाको एक हजार ९४५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ।




कमेन्ट लोड गर्नुस