सुदूर नेपाललाई विश्वसँग जोड्दै

तोलाको चौध सय रुपैयाँले बढ्यो सुन 

२०८१ माघ २८, १२:०४

काठमाडौँः सुन तोलाको चौध सय रुपैयाँले बढेको छ।

स्थानीय बजारमा आज सुनको मूल्य चौध सय रुपैयाँले बढेर प्रतितोला एक लाख ६९ हजार छ सय तोकिएको छ। सुनचाँदी व्यवसायी महासङ्घका अनुसार अघिल्लो दिन प्रतितोला एक लाख ६८ हजार दुई सयमा कारोबार भएको सुन आज प्रतितोला रु एक हजार चार सयले बढेको हो। त्यस्तै आजका लागि चाँदीको कारोबार मूल्य प्रतितोला एक हजार नौ सय ७५ तोकिएको छ। आइतबार सोही परिमाण चाँदी एक हजार नौ सय ६० मा कारोबार भएको थियो। नेपालमा सुन तथा चाँदीको मूल्य अन्तरराष्ट्रिय बजारमा हुने कारोबार मूल्यका आधारमा घटबढ हुने गरेको छ। 
 

कमेन्ट लोड गर्नुस