सुदूर नेपाललाई विश्वसँग जोड्दै

आज कति छ सुनचाँदीको मूल्य?

२०८१ माघ २७, ११:३९ खबर संवाददाता

काठमाडौँ: साताको कारोबारको पहिलो दिन आइतबार सुनको मूल्य सामान्य वृद्धि भएको छ। शुक्रबारको तुलनामा आइतबार छापावाल सुनको मूल्य तोलामा रु १०० वृद्धि भएको छ। 

शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ६८ हजार १०० रुपैयाँ थियो। आइतबार भने तोलामा १ लाख ६८ हजार २०० रुपैयाँ कायम भएको हो। यस्तै चाँदीको मूल्य घटेको छ। शुक्रबार तोलामा १ हजार ९८५ रुपैयाँ कायम भएको चाँदीको मूल्य आइतबार घटेर तोलामा १ हजार ९६० रुपैयाँ कायम भएको हो। 

कमेन्ट लोड गर्नुस