सुदूर नेपाललाई विश्वसँग जोड्दै

म–म सेन्टरमा ग्याँस सिलिन्डर विस्फोट हुँदा ११ जना घाइते

२०८१ माघ २४, १०:३४

काठमाडौँः काठमाडौँको कमलपोखरी स्थित सानदार म–म  सेन्टरमा ग्याँस सिलिन्डर विस्फोट हुँदा ११ जना घाइते भएका छन्।

बिहिवार बिहान ग्याँस सिलिन्डर विस्फोट भएको हो। भान्सा कोठामा रहेको सिलिन्डर विस्फोट हुँदा घाइते भएका मध्ये एक जनाको अवस्था गम्भीर रहेको काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक शेखर खनालले जानकारी दिए। उनका अनुसार घाइतेहरूलाई कृतिपुर बर्न अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ। ग्याँस सिलिन्डर पड्किएको के कारण भन्ने अनुसन्धान सुरु गरिएको उनको बताए।
 

कमेन्ट लोड गर्नुस