पतञ्जलि योग समिति धनगढीको अध्यक्षमा जोशी

धनगढी: पतञ्जलि योग समिति धनगढीको अध्यक्षमा कुलराज जोशी चयन भएका छन्। शनिवार बसेको पतञ्जलि योग समिति धनगढीको बैठकले जोशीको अध्यक्षतामा ११ सदस्यीय नयाँ समिति गठन गरेको हो।
समितिको उपाध्यक्ष रामचरण कठरिया, महासचिवमा धर्मराज अवस्थी, सचिवमा रामनारायण चाैधरी, काेषाध्यक्षमा काशीराम बिष्ट, प्रशिक्षण विभाग प्रमुखमा सिद्धराज जाेशी, साेसल मिडिया प्रमुखमा नारायण अवस्थी र थानेश्वर घिमिरे,भागुराम डगाैरा, अमरजित भट्ट तथा खडकराज भट्ट चयन भएका हुन्।
