सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीका एक फरार प्रतिवादी पक्राउ

२०८१ माघ २२, ०८:१७ खबर संवाददाता

धनगढीः धनगढीका एक फरार प्रतिवादी पक्राउ परेका छन्।

जिल्ला अदालत कैलालीको फैसलाले लागूऔषध मुद्दामा १ महिना कैद सजाय तोकिएपछि फरार रहेका धनगढी उपमहानगरपालिका–५ तारानगर बस्ने ३१ वर्षीय नरेश खड्का पक्राउ परेका छन्। खड्कालाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले सोमवार उनकै घरबाट पक्राउ गरेको जनाएको छ।

कमेन्ट लोड गर्नुस