धनगढी होलसेल व्यवसायी संघको अध्यक्षमा कार्की

धनगढी: धनगढी होलसेल व्यवसायी संघको अध्यक्षमा विर बहादुर कार्की चयन भएका छन्। शनिवार बसेको संघको छैटौं साधारण सभाबाट कार्कीको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन भएको हो।
साधारणसभाबाट वरिष्ठ उपाध्यक्षमा जयन्द्र स्वार, उपाध्यक्षमा विनोदकुमार जिसी, महासचिवमा यमनाथ सिग्देल, कोषाध्यक्षमा कोपिला कुँवर, सचीव रेखा बास्तोला र सदस्यमा इन्दिरा सिटौला, कल्पना पौडेल, सुशील शाही, कमल सुवेदी, रामचन्द्र पनेरू, योगेन्द्र भट्ट र महादेव भट्ट चयन भएको महासचिव यमनाथ सिग्देलले बताए।
शनिवार नै चौथों कर्मचारी पेनाल्टी सुट आउट प्रतियोगिता सम्पन्न भएको छ। पेनाल्टी सुट आउटमा सुधा ब्याग हाउस प्रथम, कमलामाई ट्रेडर्स द्वितीय र एबिआर इन्टरप्राइजेज तृतीय भएको महासचिव सिग्देलले बताए।

पेनाल्टी सुट आउट प्रतियोगितामा उत्कृष्ट गोलकर्ता कमलामाई ट्रेडर्सका गौरव महतो र उत्कृष्ट गोलरक्षक एबिआर इन्टरप्राजेजका नरेन्द्र चौधरी भएका थिए। प्रतियोगितामा विजयी खेलाडी र समूहलाई नगद पुरस्कार र ट्रफी वितरण गरिएको थियो।

