सुदूर नेपाललाई विश्वसँग जोड्दै

झापाको दमकमा प्रहरी र बन्दकर्ताबीच झडप

२०८१ माघ २०, ०४:३६

काठमाडौँः झापाको दमकमा प्रहरी र बन्दकर्ताबीच झडप भएको छ।

आन्दोलनरत पक्षले सगरमाथा यातायातमा ढुङ्गा हानेर तोडफोड गर्न थालेपछि प्रहरी र बन्दकर्ताबीच झडप भएको हो। बन्दकर्ताले दुई वटा सवारी साधनमा तोडफोड गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक मिलन केसीले जानकारी दिए।आन्दोलनरत पक्षले गाडीमा तोडफोड गर्न थालेपछि प्रहरी र प्रदर्शनकारीबीच झडप भएको हो। 

सडकमा यातायात अवरोध गर्दै हिँडेका ३ जना र गाडीमा तोडफोड गर्ने थप एक जना गरी ४ जना पक्राउ गरेको झापा प्रहरीले जनाएको छ। त्यस्तै धरानबाट ६ जना बन्दकर्ता पक्राउ परेका छन्। बन्द गराउँदै हिँडेका समूहलाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस