सुदूर नेपाललाई विश्वसँग जोड्दै

अत्तरियामा विद्युतका कर्मचारीलाई खुकुरी हान्ने पक्राउ

२०८१ फाल्गुन २७, ११:२४ खबर संवाददाता

धनगढी: कैलालीको अत्तरियामा विद्युतका कर्मचारीलाई खुकुरी हान्ने व्यक्ति पक्राउ परेका छन।

नेपाल विद्युत प्राधिकरण, नो–लाइट सेवाको कार्यालय अगाडि कर्मचारी ५० वर्षीय सुन्दरलाल चौधरीलाई खुकुरी प्रहार गर्ने २० वर्षीय प्रविन शाही (मार्टीन) पक्राउ परेका हुन। इलाका प्रहरी कार्यालय, मालाखेतीले लम्की चुहा नगरपालिका–३ चिसापानीका शाहीलाई सोमवार पक्राउ गरेको बताएको छ। उनलाई गोदावरी नगरपालिका–५ गेटा क्षेत्रबाट प्रहरीले पक्राउ गरेको हो। चौधरीमाथि गत मङ्गलवार खुकुरी प्रहार गरिएको थियो।

मालाखेती प्रहरीका निमित्त प्रमुख, प्रहरी निरीक्षक दान सिंह भण्डारी नेतृत्वको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो।

 

कमेन्ट लोड गर्नुस