आदिवासी पत्रकार महासङ्घ सुदूरपश्चिमको अध्यक्षमा उन्नति

धनगढी : नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) सुदूरपश्चिमको अध्यक्षमा कालीमैँया चौधरी (उन्नति) सर्वसहमतिमा भएकी छिन्। धनगढीमा शनिवार भएको फोजिनको तेस्रो अधिवेशनबाट उनीलाई अध्यक्षमा सर्वसम्मति गरिएको हो।
फोनिज प्रदेश कार्य समितिको तेस्रो महाधिवेशनले उपाध्यक्षमा बन्वारी राना (सौरभ), महिला उपाध्यक्षमा चन्द्रिका चौधरी, महासचिवमा भानुप्रताप राना, सचिवमा हरेन्द्र चौधरी, रतनलाल चौधरी र कोषाध्यक्षमा प्रेमलाल चौधरी चयन भएका छन।
यस्तै सदस्यहरूमा स्वरुप चौधरी, राजेश श्रेष्ठ, रामप्रसाद चौधरी र दानसिंह डङ्गौरा चयन भएका छन। नव निर्वाचित कार्य समितिका पदाधिकारी र सदस्यहरूलाई शनिवार नै फोनिज केन्द्रीय कार्य समितिका वरिष्ठ उपाध्यक्ष लक्की चौधरीले पद तथा गोपनियताको शपथ ग्रहण गराएका छन।


