सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीका एक जनाले लगाए आफ्नै घरमा आगो

२०८१ माघ १९, ०७:१५ खबर संवाददाता

धनगढीः धनगढीमा एक जनाले आफ्नै घरमा आगो लगाएका छन्।

धनगढी उपमहानगरपालिका–१५ कनरी वसन्त टोलका ३० वर्षीय गोपिन्द शाहले आफ्नै घर र परालको थुप्रोमा शनिवार आगो लगाएको प्रहरीले जनाएको छ। उनले मदिरा सेवन गरि आफ्नै कच्चि घर र घर नजिकै रहेको परालको थुप्रोमा आगो लगाएका हुन्। उक्त आगलागीबाट शाहको १ लाख ८० हजार बराबरको क्षति भएको छ। उनी अहिले फरार रहेको जनाइएको छ।

कमेन्ट लोड गर्नुस