तराईका भू–भागमा हुस्सु/कुहिरो, सतर्कता अपनाउनु महाशाखाको अनुरोध
धनगढीः हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको छ। साथै कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा पश्चिमी न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ। सुदूरपश्चिम, मधेस प्रदेशको पश्चिमी तराईका भू–भाग र लुम्बिनी प्रदेशको पूर्वी तराइका केही भू–भागहरूमा हुस्सु/कुहिरो लागेको अवस्था छ।
बिहानको समयमा देशका तराई तथा उपत्यकाका केही स्थानहरूमा हुस्सु/कुहिरोको सम्भावना रहेकोले दैनिक जनजीवन, कृषि, स्वास्थ्य,यातायात तथा हवाई उडानमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउनु महाशाखाको अनुरोध छ।