सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा रास्वपाका भण्डारीको अग्रता कायमै

२०८२ फाल्गुन २३, १०:१९ खबर संवाददाता

बैतडीः प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत बैतडीमा जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार हरिमोहन भण्डारीले ५ हजार ९९१ मत ल्याएका छन्।

उनलाई नेपाली कांग्रेसका उम्मेदवार चतुरबहादुर चन्दले ४ हजार ७७३ मतसहित पछ्याइ रहेका छन्।  त्यसैगरी, नेकपा (एमाले) का उम्मेदवार दामोदर भण्डारीले ५११५ मत प्राप्त गरेका छन भने नेकपाका उम्मेदवार प्रमानन्द भट्टले २ हजार ४३५ मत ल्याएका छन्। यस्तै, राप्रपाका उम्मेदवार भुपेन्द्रबहादुर चन्दले ४१५ मत प्राप्त गरेका छन्। जिल्ला अदालत परिसरमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मतगणना कार्य जारी रहेको छ।

कमेन्ट लोड गर्नुस