ललितकला प्रदर्शनीमा भाग लिन माघ १५ गतेभित्र कलाकृति बुझाउन सकिने

धनगढीः नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठान काठमाडौं र सुदूरपश्चिम प्रज्ञा-प्रतिष्ठानको संयुक्त आयोजनामा धनगढीमा प्रादेशिक ललितकला प्रदर्शनी गर्ने भएको छ। फागुनमा हुने प्रादेशिक लालितकला प्रदर्शनीका लागि माघ १५ गतेभित्र कलाकृति बुझाउन सकिने छ।
नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठानका प्राज्ञ प्रदिप अधिकारीले सुदूरपश्चिम स्तरीय ललितकला प्रदरशर्नी फागुन ८ देखि १२ गतेसम्म हुने बताए। उनले प्रादेशिक तथा जेठमा हुने राष्ट्रिय ललितकला प्रदर्शनीमा भाग लिन इच्छुक व्यक्तिलाई आफ्नो कलाकृति माघ १५ गतेभित्र बुझाउन आग्रह गरेका छन्।
प्रदर्शनीमा भाग लिन इच्छुक व्यक्तिले सुदूरपश्चिम प्रज्ञा-प्रतिष्ठानमा आफ्नो कलाकृति बुझाउनु पर्नेछ। प्रादेशिक र राष्ट्रिय ललितकला प्रदशर्नीबारे थप कुरा बुझ्नु परेमा मोवाइल नम्बर ९८२२९७९७८१ र ९८६५८००६२५ मा सम्पर्क गर्न आग्रह गरिएको छ।
