लागूऔषध मुद्दामा फरार डोटीकी एक युवती पक्राउ
२०८१ पुष १६, ०७:४२
डोटीः लागूऔषध मुद्दामा फरार रहेकी डोटीकी एक युवती पक्राउ परेकी छिन्।
जिल्ला अदालत कैलालीको फैसलाले लागूऔषध मुद्दामा ८ महिना १८ दिन कैद सजाय तोकेपछि फरार रहेकी डोटीको सायल गाउँपालिका–२ बस्ने २२ वर्षीया अनुषा उपाध्याय पक्राउ परेकी हुन्। अनुषालाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले सोमवार धनगढी उपहमानगरपालिका–१ पशुपती टोलबाट पक्राउ गरेको हो।
कमेन्ट लोड गर्नुस