सुदूर नेपाललाई विश्वसँग जोड्दै

विवादित बनेको 'गलबन्दी' गीतमा सहमती

२०७६ असार ११, ०४:५३

विवादित बनेको लोक गित 'गलबन्दी' गितमा दुवै पक्षबीच सहमती भएको छ। दुबैपक्षले बुधबार एक सहमति पत्रमा हस्ताक्षर गर्दै विवाद टुंग्याएका हुन्। 'गलबन्दी' गीतमा संगीतकारका रुपमा शम्भु राईको नाम राख्ने सहमति भएको छ। सहमति अनुसार प्रकाश सपुतको नाम पनि संगीतकारकै रुपमा रहनेछ। 
सपुतको ‘गलबन्दी च्यातियो’बोलको गीत सार्वजनिक भए लगत्तै राईको ‘आऊ नाचौं साथी हो’ बोलको देउसीभैलो गीतसँग मिलेको भन्दै यसबारे विवाद सदनदेखि सामाजिक सञ्जालसम्म चार्चा हुन थालेको थियो। पछि राईले पनि आफ्नो गीतको लय चोरी भएको बताएका थिए। 

अर्कोतर्फ  सपुत राईको देउसीभैलो गीत कहिल्यै नसुनेको दाबी गर्दै आएका थिए। यद्यपि मंगलबार दुई पक्षबीच सहमति भएको हो।

कमेन्ट लोड गर्नुस