सुदूर नेपाललाई विश्वसँग जोड्दै

क्वालिफायरको पहिलो खेलमा सुदूरपश्चिम र जनकपुरबिच भिडन्त

२०८१ पुष १, ०६:२५ खबर संवाददाता

काठमाडौंः सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो क्वालिफायर खेल्ने भएको छ।

लिगको अन्तिम खेलमा सोमवार सुदूरले कर्णाली याक्सलाई हराएपछि प्लेअफको समिकरण तय भएको हो। यस्तै चितवन राइनोज र कर्णाली याक्सले एलिमिनेटर खेल्ने भएका छन्। लिग चरणको खेलपछि सुदूरपश्चिम ७ खेलबाट १२ अंक जोडेर शीर्ष स्थानमा रह्यो।

समान खेलबाट १० अंक जोडेर जनकपुर दोस्रो भयो। सुदूरसँग पराजित भएपनि कर्णाली चौथो हुँदै प्लेअफ पुगेको हो। चितवनले यसअघि नै ७ खेलबाट ८ अंक जोडेर प्लेअफ पुगिसकेको छ। कर्णाली याक्सविरुद्ध ६ विकेटको जित निकाल्दै सुदूरपश्चिम रोयाल्सले शीर्ष स्थानमा पुगेको छ।

जितससँगै सुदूरपश्चिमले सात खेलमा १२ अंकका साथ शिर्ष स्थानमा रहेको छ। उता, पराजित भए पनि कर्णाली याक्सले प्लेअफमा स्थान सुरक्षित गरेको छ। अब सुदुरपश्चिमले बुधवार ८ अंकसहित यसअघि नै प्ले अफमा पुगेको जनकपुर बोल्टसँग प्रतिस्पर्धा गर्नेछ।
 

कमेन्ट लोड गर्नुस