पोखरामाथि सुदूरपश्चिमको रोमाञ्चक जित
धनगढीः नेपाल प्रिमियर लिग (एनपिएल) मा आज भएको अन्तिम खेलमा पोखरा सुदूरपश्चिम रोयल्ससँग पाँच रनले पराजित भएको छ। यो खेल जितेसँगै सुदूरुपश्चिमले क्वालिफायर खेल्ने सम्भावना बलियो बनाएको छ।
सुदूरपश्चिमले दिएको १५४ रनको लक्ष्य पछ्याएको पोखराले १९.४ ओभरमा विकेट गुमाउँदै १४८ रन मात्रै बनाउन सक्यो। जितसँगै सुदूरपश्चिम ६ खेलबाट १० अंक बटुल्दै शीर्ष स्थानमा उक्लिएको छ। सुदूरपश्चिमले लिगचरणको अन्तिम खेल मंगलवार कर्णाली याक्ससँग खेल्ने छ। पोखरा भने सात खेलबाट ६ अंकसहित प्रतियोगिता सक्काएको छ।
जनकपुर बोल्ड्स १० अंकसहित दोस्रो स्थानमा रहँदा चितवन राइनोज, कर्णाली र काठमाडौं गुर्खाजको समान आठ अंक छ। सुदूरका स्कट कुग्गेलिजनले सर्वाधिक पाँच विकेट लिए। ३.४ ओभर बलिङ गरेका उनले एक मेडन लिँदै १८ रन खर्चिए। हर्मित सिंहले ३ र सैफ जैबले १ विकेट लिए। पहिलो पावर प्लेमै ओपनर दिनेश खरेल, कप्तान कुशल भुर्तेल र दिलिप नाथलाई पोखराले गुमाएको थियो।
दिनेश १५, कुशल शून्य र दिलिप एक रनमा आउट भएपछि पोखरा दबाबमा परेको थियो। पावर प्ले सकिएको अर्को ओभरमा सानदार ब्याटिङ गरिरहेका ओपनर आन्द्रेस गौउस पनि ३६ रनमा सैफ जैबको बलमा आरिफ शेखबाट क्याच आउट भए। २१ बल खेलेका उनले चार चौका र दुई छक्का प्रहार गरे।
त्यसपछि जेन मलिक १० रनमा आउट हुँदा पोखरा १०.१ मा ५–६९ को स्थितिमा थियो। तर, रेइफर र किरण ठगुन्नाले छैटौं विकेटका लागि ७० रनको विशाल साझेदारी गर्दै पोखरालाई खेलमा फर्काउने प्रयास गरे। यद्यपि, रेफइर १८.१ ओभरमा हर्मित सिंहको बललाई छक्का प्रहार गर्ने धुनमा नरेन साउदबाट बाउन्ड्री लाइन नजिकबाट क्याच आउट भए।
२८ बल खेलेका उनले समान दुई चौका र छक्कासहित ३३ रनको योगदान दिए। त्यसपछि आएका माइकल लिस्क पाँच र किरण ठगुन्ना पनि ३२ रनमा पभिलियन फर्किएपछि सुदूरपश्चिमले खेलमा पुनरागमन ग¥यो। सुदीप अर्याल र विपिन खत्री शून्य रनमा आउट भए।