सुदूर नेपाललाई विश्वसँग जोड्दै

पत्रकार महासंघ प्रदेश समितिको अछाम शाखामा पुनः मतगणनाको माग

२०८१ मंसिर ३०, १२:०९ खबर संवाददाता

अछामः नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिका लागि भएको निर्वाचनको मतगणनामा धाँधली भएको भन्दै उम्मेदवारहरुले पुनः मतगणनाको माग गरेका छन्। 

पत्रकार महासंघ अछाम शाखाको मतगणनामा धाँधली भएको भन्दै प्रदेश समितिको अर्को प्यानलका अध्यक्ष, खुला उपाध्यक्ष, समावेशी उपाध्यक्ष, महासचिव, सचिव कोषाध्यक्ष र केन्द्रीय समिति सदस्यका उम्मेदवारहरुले संयुक्त वक्तव्य जारी गरेर पुनः मतगणनाको माग गरेका हुन्। मतगणना स्थलमा आफ्ना प्रतिनिधिहरुलाई सहभागी नगराएको र मतगणनामा धाँधली भएको भन्दै फेरि सुरुबाटै मतनगणना गरिनुपर्ने माग राखेको अध्यक्ष पदका उम्मेदवार मिनबहादुर बमले जानकारी दिए। 

कमेन्ट लोड गर्नुस