सुदूर नेपाललाई विश्वसँग जोड्दै

रविमाथि मानवअधिकार उल्लंघन भएको छैन–गृहमन्त्री लेखकको दाबी

फाइल फोटो
फाइल फोटो
२०८१ मंसिर २९, ०८:२४ खबर संवाददाता

काठमाडौंः गृहमन्त्री रमेश लेखकले सहकारी ठगीमा संलग्नमाथिको अनुसन्धान प्रभावित हुने काम कसैले पनि गर्न नहुने बताएका छन्।

पत्रकार भेटघाटमा गृहमन्त्री लेखकले लोकतन्त्रमा भिडले न्याय नदिने भन्दै न्यायिक प्रकृयाबाट नै हरेक गतिविधिको छिनोफानो हुने बताए। यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि मानवअधिकार उल्लंघनको कुनै पनि व्यवहार नभएको भन्दै अदालतको आदेशअनुसार नै अनुसन्धान भइरहेको गृहमन्त्री लेखकले बताए।

‘रविजीमाथि मानवअधिकार उल्लंघनको कुनै काम भएको छैन। सरकार हरेक व्यक्तिको मानवअधिकार रक्षाका लागि प्रतिबद्ध छ,’ उनले भने, ‘सहकारी ठगीमा संलग्न जो कोहीमाथि अनुसन्धान हुन्छ। 

कमेन्ट लोड गर्नुस