सुदूर नेपाललाई विश्वसँग जोड्दै

शिखर धवनले एनपीएलका बाँकी खेल नखेल्ने 

फाइल फोटो
फाइल फोटो
२०८१ मंसिर २२, ०७:३९ खबर संवाददाता

काठमाडौंः कर्णाली याक्समा अनुबन्धित भारतीय चर्चित क्रिकेटर शिखर धवनले नेपाल प्रिमियर लिग (एनपीएल)का बाँकी खेल नखेल्ने भएका छन्।

कर्णालीले उनलाई कम्तीमा ४ खेलका लागि टोलीमा अनुबन्ध गरेको थियो। ४ खेल खेलेसँगै उनी अब स्वदेश फर्किनेछन्। कर्णाली याक्सका सहमालिक गृहेन्द्र घिमिरेका अनुसार ११ तारिखदेखि अर्को प्रतियोगितामा सहभागी हुनुपर्ने भएकाले शिखर स्वदेश फर्किन लागेका छन्।

‘उनको ११ तारिखपछि अर्को टुर्नामेन्ट रहेछ। उनी मार्की प्लेयर रहेछन। हाम्रो गेम भोलि या पर्सि भएको भए उनी खेल्थ्ये, तर १० तारिखमा त उनले जानुपर्ने भएकाले आगामी खेल खेल्ने समय नमिलेको, उनले भने। एनपीएलमा ४ खेल खेलेका शिखरले १३६ रन बनाए। उनले विराटनगर किंग्सविरुद्ध ५, चितवन राइनोजविरुद्ध ४५, जनकपुर बोल्ट्सविरुद्ध १४ र काठमाडौं गुर्खाजविरुद्ध अविजित ७२ रन बनाएका थिए।
 

कमेन्ट लोड गर्नुस