सुदूर नेपाललाई विश्वसँग जोड्दै

‘हरर’ विधामा बन्यो चलचित्र ‘मम्मी’

२०८१ मंसिर १९, १२:५८ खबर संवाददाता

काठमाडौँः समर निरौलाले पहिलो निर्देशकीय चलचित्र ‘मम्मी’ ‘हरर’ विधामा तयार गरेका छन्। नेपालमा यस विधालाई हेर्ने दर्शक भएता पनि प्राविधिक कठिनाइका कारण यस्ता चलचित्र निकै कम बन्ने गरेका छन्। 

नेपालमा ‘हरर’ विधामा निर्माण भएका विदेशीसँगै स्वदेशी चलचित्रले राम्रो कमाइ गरेता पनि निर्माणमा सुस्तता देखिनु प्राविधिक कठिनाइलाई मुख्य कारण मानिएको छ। चलचित्रका निर्देशक निरौलाले ‘मम्मी’ चलचित्रलाई हरेक पक्षमा उत्कृष्ट बनाउने प्रयास गरेको बताए। उनले भने, “हामीले बनिरहेका नेपाली चलचित्रभन्दा केही फरक गर्ने प्रयास गरेका छौँ। यो एउटा परिवारको कथा हो। कुकुरको निधन भएपछि आउने घटनाक्रमलाई यसमा देखाएका छौँ।”

उनले चलचित्रको प्रचारप्रसार सामग्रीलाई फरक बनाउने प्रयास गरेको बताए। यस चलचित्रमा अभिनेत्री प्रियङ्का कार्की, दीया मास्के, सुलक्षण भारती, समीप निरौला, घनश्याम जोशी, आयुषी ढकाल, जेभिस श्रेष्ठ, गुराँस ढकाल, रिना ढकाललगायत कलाकारले अभिनय गरेका छन्। निर्देशक निरौलाकै लेखन रहेको चलचित्रमा निशल पौडेल र शरद महतोले छायाङ्कन, दीपेश चौधरीले रङ्ग संयोजन, सुरेन महर्जनले सम्पादन गरेका छन्। 

कमेन्ट लोड गर्नुस