सुदूर नेपाललाई विश्वसँग जोड्दै

राष्ट्रिय कविता महोत्सवमा डोटीका कवि भण्डारीको कविता द्वितीय

२०७६ असार ९, ०६:४७ खबर संवाददाता

नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गरेका राष्ट्रिय कविता महोत्सवमा डोटीका कवि सुभाषचन्द्र भण्डारीको ‘किनाराका अलिखित संवेगहरु’ शीर्षकको कविताले द्वितीय स्थान प्राप्त गरेको छ। राष्ट्रिय कविता महोत्सवमा हेम प्रभासको ‘प्रदेश गएका पतिको नाममा’ शीर्षकको कविताले प्रथम स्थान प्राप्त गरेकोमा भण्डारीको कविताले दोश्रो स्थान प्राप्त गरेको हो।

डोटी गड्सेरा घर भई हाल धनगढीमै स्थायी बसोबार रहेको भण्डारीको कविताले राष्ट्रिय प्रतियोगितामा दोश्रो स्थान प्राप्त गरेको हो। सोमबार प्रतिष्ठानको ६२ औँ स्थापना दिवसका अवसरका आयोजित ‘राष्ट्रिय कविता महोत्सव २०७६’ मा पुरस्कार वितरण गरिएको छ। कविता महोत्सव-२०७६ मा देशभरिबाट ३४० कविहरूले भाग लिएका थिए। भण्डारी लामो समयदेखि साहित्य साधनामा सक्रिय रहेका छन्। उनी अहिले काठमाडौँको ग्लोबल कलेजमा अध्यापन गराउँदै आएका छन्। 

 

सबै फोटो: शेष पौडेल

कमेन्ट लोड गर्नुस