खरिदार बढुवामा दुर्गमका कर्मचारी अन्यायमा
अछाम: खरिदार बढुवामा दुर्गमका कर्मचारी अन्यायमा पर्ने गरेका छन्।
दुर्गम जिल्ला अछाममा लामो समयदेखि काम गर्दै आएका कर्मचारीहरूको ठाउँमा सुगमबाट बढुवा हुन् आउने प्रवृत्तिले दुर्गममा सेवा गरिरहेका कर्मचारी माथि अन्याय भएको हो। जिल्ला प्रशासन कार्यालय, अछाममा कार्यरत खरिदार खम्मबहादुर बोगटीले आन्तरिक बढुवा खुल्नु भन्दा केही दिन अगाडि सरुवा मिलाएर हाजिर दुर्गमतिर जाने र बढुवा भएको केही महिनामै सुगममै फर्कने निजामती क्षेत्रमा देखिएको रोगले अन्यायमा परेको बताए।
उनले दुर्गममा बसेका कर्मचारी माथि अन्याय हुँदै आएको बताएका हुन। केही समय पहिले मात्रै दुर्गममा लामो समयदेखि सेवा गर्दै आएका कर्मचारीहरुहरूले सम्बन्धित मन्त्रालय र विभागहरूमा ध्यानाकर्षण गराइसकेको बोगटीले बताएका छन्। खरिदार तहका कर्मचारीहरू बढुवा खानका लागि मात्र दुर्गममा जाने र बढुवा भएलगतै सुगममा फर्किने क्रम बढेकोले दुर्गममा बसेर लामो समयदेखि कार्यरत आफू जस्ता कर्मचारीहरूको बढुवामा प्रत्यक्ष असर परेको ढकारी गाउँपालिका अछाममा कार्यरत खरिदार कमल भण्डारीले दुखेसो पोखे । दुर्गममा जिल्लाका सरकारी कार्यालयहरूमा कहिल्यै आउन नमान्ने कर्मचारीहरू बढुवाको लागी पावर र पहुँचको भरमा दुर्गम जिल्लामा जाने क्रम बढ्दै।