धनगढीमा प्रदेश सचिवको निवासमा आगलागी
२०८१ मंसिर १०, ०६:४३
धनगढीः सुदूरपश्चिम प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव सुशिल वैद्यको सरकारी निवासमा आगलागी भएको छ। सोमबार साँझ उनको निवासमा आगलागी भएको हो।
विद्युत सर्ट भएर आगलागी भएपछि सिलिङमा क्षति पुगेको छ। आगलागीबाट ठूलो क्षति भने हुन पाएको छैन्। अहिले वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक योगेश खत्री नेतृत्वको प्रहरीले टोलीले आगो नियन्त्रणमा लिइसकेको छ।
कमेन्ट लोड गर्नुस