एकैदिन तोलामा १५ हजार ९ सयले घट्यो सुनको मूल्य
काठमाडौंः सोमवार नेपाली बजारमा सुनको मूल्य ह्वात्तै घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा १५ हजार ९ सय रूपैयाँले घटेको हो।
सरकारले सुन तथा चाँदीमा लाग्ने कर घटाएपछि सुन र चाँदीको मूल्यमा भारी गिरावट आएको हो। आइतवार प्रतितोला एक लाख ६७ हजार २०० रूपैयाँमा कारोबार भएको सुन आज तोलाको १ लाख ५१ हजार ३ सय रूपैयाँमा कारोबार भइरहेको छ। यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ। चाँदी तोलामा १ सय १५ रूपैयाँले घटेर प्रतितोला १ हजार ८ सय ४५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।