सुदूर नेपाललाई विश्वसँग जोड्दै

चलचित्र ‘तेल भिसा’ मंसिर ७ मा प्रदर्शन हुने

फाइल फोटो
फाइल फोटो
२०८१ कार्तिक २६, ०९:२५ खबर संवाददाता

काठमाडौंः अभिनेता विपिन कार्की अभिनीत चलचित्र मंसिर ७ मा प्रदर्शन हुने भएको छ।

भर्सटायल अभिनेता कार्की झण्डै सात महिनापछि नयाँ फिल्ममार्फत दर्शकमाझ आउँदैछन्। पछिल्लो पटक व्यवसायिक रुपमा सफल भएको फिल्म ‘महाजात्रा’ मा देखिएका अभिनेता कार्की यही मंसिर ७ गते शुक्रवारदेखि प्रदर्शनमा आउने शंकर घिमिरेद्वारा निर्देशित फिल्म ‘तेल भिसा’ मार्फत दर्शकमाझ आउन लागेका हुन्।

फिल्म प्रदर्शनको पूर्व सन्ध्या पारेर सोमवार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा अभिनेता कार्कीले ‘तेल भिसा’ आफ्नो लागि विशेष महत्व बोकेको फिल्म भएको बताए। अमेरिका पुगेर यो फिल्ममा अभिनय गरेको अनुभव सम्हालेका अभिनेता कार्कीले यो फिल्ममा बुवा र छोराको रुपमा दोहोरो भूमिका निर्वाह गरेका छन्।

अभिनेत्रीबाट फिल्म निर्मात्री बनेकी ऋचा घिमिरेद्वारा निर्मित यो फिल्ममा अभिनेता कार्कीले दोहोरो भूमिका निर्वाह गरेवापत पारिश्रमिक पनि दोहोरो नै लिएको चर्चा फिल्म क्षेत्रमा चलिरहेको छ। अभिनेता विपिन कार्कीसंग अभिनेत्री तथा निर्मात्री ऋचा घिमिरे छन्।
 

कमेन्ट लोड गर्नुस