सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेप्से परिसूचक ६२ अङ्कले वृद्धि

२०८१ कार्तिक २५, ०४:४२ खबर संवाददाता

काठमाडौँः नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको वृद्धि देखिँदा करिब १० अर्ब बराबरको कारोबार भएको छ।

आज नेप्से परिसूचक ६२ दशमलव ५४ अङ्कको वृद्धि पछि दुई हजार सात सय ३८ दशमलव ०६ को अङ्कमा कायम भएको हो। तीन सय २५ कम्पनीको दुई करोड २४ लाख ७४ हजार दुई सय ८१ कित्ता शेयर एक लाख छ सय ५१ पटक खरिदबिक्री हुँदा नौ अर्ब ७७ करोड ११ लाख २४ हजार ७३ बराबरको कारोबार भएको छ।

आज जलविद्युत् समूहको उपसूचकमा सबैभन्दा बढी चार दशमलव २६ प्रतिशतको वृद्धि देखिएको छ। सबैभन्दा बढी सानिमा ग्रोथ फण्डको शेयर मूल्य छ दशमलव ७६ प्रतिशतले घटेको छ। कारोबार रकमका आधारमा आज सबैभन्दा बढी सानिमा जिआइसी इन्स्योरेन्स लिमिटेडको ३८ करोड चार लाख ३७ हजारको शेयर किनबेच भएको छ।

त्यस्तै, कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने सबैभन्दा बढी हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी प्रमोटर शेयर १० लाख ४७ हजार ३५ कित्ता शेयर किनबेच भएको छ।
 

कमेन्ट लोड गर्नुस