नेप्सेमा झिनो अंकको गिरावट
काठमाडौंः धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक झिनो अङ्कले घटेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक एक दशमलव ८८ अङ्कले ओरालो लागेर दुई हजार छ सय ७५ दशमलव ५१ विन्दुमा आएको छ।
आजको कारोबारमा सेन्सेटिभ परिसूचक शून्य दशमलव ८१ अङ्कले घटेर चार सय ७७ दशमलव १८ मा सीमित भएको छ। त्यस्तै, कारोबार भएका १३ उपसमूहमध्ये पाँच उपसमूहको परिसूचक उकालो लाग्दा आठ उपसमूहको ओरालो लागेको छ।
कुल एक करोड १६ लाख आठ सय ६९ कित्ता शेयर पाँच अर्ब २२ करोड २४ लाख ८६ हजार आठ सय ५१ मा कारोबार भएको छ। नेप्सेका अनुसार नारायणी डेभलपमेन्ट बैङ्कको शेयर मूल्य सबैभन्दा बढी १० प्रतिशतले बढेको छ भने नेपाल फाइनान्स आठ दशमलव २६ प्रतिशतले घटेको छ।