सुदूर नेपाललाई विश्वसँग जोड्दै

जापानमा कुटपिटमा संलग्न ४ जना नेपाली पक्राउ

। फोटो स्रोत ।
२०७६ असार ५, ०५:३९

कुटपिटमा संलग्न रहेको अभियोगमा जापानमा ४ जना नेपालीलाई जापान प्रहरीले पक्राउ गरेको छ।जापानको राजधानि टोकियोमा १ महिला सहित ४ जना नेपालीलाई जापान प्रहरिले पक्राउ गरेको हो।

गत मे महिनाको ५ ताखिमा एक १९ वर्षिय नेपाली युवकलाई मरणासन्न हुनेगरी कुटपिट गरेको अभियोगमा ४ जनालाई पक्राउ गरेको जनाइएको छ। विवादको कारण अझै नखुलेपनि जापानि कानुन वमोजिम अपराधमा संलग्नलार्ई कारवाहिको प्रक्रिया अगाडि बढाईएको टोकियो महानगरिय प्रहरीले जनाएको छ।

पक्राउ परेका मध्ये लामा टोकियो ब्रदर नामक ग्रुपसंग आबद्द रहेको बताईएको छ। पछिल्लो समय आपराधिक घटनामा सलग्न नेपालिको सख्या वढ्न थालेपछि नेपालि विधार्थिको भिजामा समेत थप कढाई बढाईएको जनाइएको छ।
 

कमेन्ट लोड गर्नुस