सुदूर नेपाललाई विश्वसँग जोड्दै

यो शाताको राशिफल

२०८१ कार्तिक ११, १०:२८

मेषः साता उत्तम रहेकोले पहिरन, दैनिक उपभोग्य सामान, गरगहना तथा बिलासी सामानको व्यापारमा उल्लेख्य वृद्धि हुनेछ।

प्रतिष्ठित व्यक्तिसँग प्रतिस्पर्धा गर्नु परे पनि अन्ततः तपाईँकै पक्षमा नतिजा आउँदा मन खुसी हुनेछ। अध्ययनमा प्रविधिको प्रयोग मार्फत निरन्तरता दिन सकिनेछ। रमाइलो यात्रा हुनेछ भने आफन्त तथा शुभचिन्तकसँगको भेटले उत्साह जगाउनेछ। प्रणय सम्बन्धमा विश्वास बढेर जाने तथा मन परेको मानिससँग छोटो दुरीको यात्राको तय हुनेछ। शेयर बजार तथा वित्तीय क्षेत्रमा गरिने लगानीबाट भनेजस्तो आम्दानी गर्न सकिनेछ। 


वृषः काम बिग्रने हुँदा राजकीय सम्मान पाउने योग टरेर जाने तथा राजनीतिमा प्रतिस्पर्धीहरू हाबी हुनेछन्।घर परिवार तथा साथीहरूबाट टाढिएर परदेशको यात्रा गर्नुपर्दा असहज महसुस हुनेछ। व्यस्तता बढे पनि स्वास्थ्यको ख्याल नगर्दा कमजोरी महसुस हुनेछ। व्यापार व्यवसायमा लगानी गर्नुपुर्व आवश्यक तयारी राम्रोसँग गर्नुहोला। गोप्यता भङग हुने तथा आफन्तसँग विवाद बढ्नेछ। बिहीबार मध्यान्हबाट समय राम्रो रहेकोले पारिवारिक यात्राका क्रममा स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ। परिस्थितिलाई आफ्नो पक्षमा ल्याउन सकिने हुनाले समयमा कामहरू बन्नेछन्। माया प्रेममा सामीप्य बढेर जानेछ भने पति पत्नी बिच मायाको डोरो अझ कसिलो भएर जानेछ। पारिवारिक यात्रा हुने अधिक सम्भावना रहेको छ भने यात्राका क्रममा विभिन्न रमाईला स्थलहरूको भ्रमण गर्न सकिनेछ। न्यायिक निर्णयहरू तपाईँकै पक्षमा आउने हुनाले मन प्रसन्न हुनेछ।


मिथुनः साताको समय मध्यम रहेकोले पारिवारिक असमझ्दारीले कामहरू गर्न केही कठिनाइ हुनेछ भने दाजुभाइसँग विवाद बढ्ने योग रहेको छ। यात्रा गर्दा वा भौतिक सम्पत्तिको प्रयोग गर्दा ध्यान दिनुहोला। व्यापारमा लगानी गरिहाल्ने समय रहेको छैन। प्रेममा अरूकै नकारात्मक टिका टिप्पणीले अविश्वास बढ्न सक्छ। स्वास्थ्यमा समस्या आउन सक्छ ध्यान दिनुहोला। आट तथा पराक्रम गर्न नसक्दा हातमै आउन लागेको काम फुत्कनेछ। तरपनि समयको सदुपयोग गर्दै परिवार तथा आफन्तका साथ समय व्यातित हुने तथा रमाइलो ठाउँको भ्रमण हुनेछ। आर्थिक क्षेत्रमा आज गरिने लगानीबाट मनग्गे आम्दानी गर्न सकिनेछ। उपहारको रूपमा बिलासी सामान प्राप्तिको योग रहेको छ।

कर्कटः तपाईँले सुरु गरेको काममा आफन्त तथा दाजुभाइहरूको सहयोग तथा समर्थन पाइनेछ। चाडबाड लक्षित तथा दैनिक उपभोग्य बस्तुको व्यापारमा उल्लेख्य वृद्धि हुनेछ।  आर्थिक क्षेत्र बलियो हुनाले घर परिवारका आवश्यक्ताहरु पुरा गर्न सकिनेछ। विवादित विषयहरू तपाईँ आफ्नै पक्षमा निर्णय हुनेछन्। प्रेममा नजिक हुने समय रहेको छ भने लामो समयदेखि भेट नभएका मित्रहरू भेटिने हुँदा मन प्रसन्न रहनेछ। पढाइ लेखाइमा प्रतिस्पर्धीहरूलाई पछि पार्दै तपाईंको नाम अग्र स्थानमा आउनेछ। आर्थिक क्षेत्रमा आज गरिने लगानीबाट मनग्गे आम्दानी गर्न सकिनेछ। परिवार तथा आफन्तका साथ समय व्यातित हुने तथा रमाइलो ठाउँको भ्रमण हुनेछ। साताको अन्त अर्थात बिहीबार मध्यान्हबाट आमा वा आमासँग मनमुटाब बढ्ने वा छुट्टिएर लामो दुरीको यात्रा गर्नुपर्दा मन खिन्न हुनेछ। राजनीति तथा समाजसेवामा समय लगानी गर्नेहरूका लागी मान सम्मान तथा पद प्राप्तिको योग टरेर जानेछ। स्वास्थ्यमा सामान्य समस्या आउने तथा छाती सम्बन्धी समस्या बढ्नेछ।

सिंहः साता उत्तम रहेकोले प्रेम तथा मित्रताको बन्धन कसिलो भएर जाने तथा दाम्पत्य जीवन सुखी रहनेछ। पढाइ लेखाइमा प्रतिस्पर्धीहरूलाई हराउँदै अगाडी बढ्न सकिनेछ। विभिन्न अवसरले पछ्याउनेछन् भने चाहेको समयमा कामहरू सम्पन्न हुने हुँदा आफन्तहरू खुसी हुनेछन् । सुन्दर तथा बिलासी वस्तुहरूको प्रयोग मार्फत अरूको मन आफूतिर लोभ्याउन सकिनेछ। उत्तम वस्त्र,मनपर्ने भोजन तथा विशेष उपहार प्राप्तिको योग रहेको छ। चाडबाड लक्षित सामानको व्यापारमा उल्लेख्य वृद्धि हुनेछ। तपाईँले सुरु गर्नुभएको कामको दाजुभाइ तथा छिमेकीबाट उच्च मूल्याङकन हुने ग्रहयोग रहेको छ। विवादित विषयहरूको नतिजा तपाई आफ्नै पक्षमा आउने हुनाले मन प्रसन्न हुनेछ।


कन्याः समय राम्रो रहेकोले काम वा अध्ययनको सवालमा लामो दुरीको यात्राको तय हुनेछ। विदेशबाट सञ्चालित सस्था जस्तै एनजिओ तथा आईएनजिओमा काम पाउने प्रवल सम्भावना रहेको छ। विदेशमा बसेर पेसा व्यवसाय गर्ने तथा अध्ययन गर्नेहरूका लागी दिन फलदायी रहनेछ। अग्रज आफन्त तथा साथीभाइका साथ रमाइलो गर्दै दिनलाई कटाउन सकिनेछ भने मिष्टान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ। गीत सङ्गीत तथा कला साहित्यमा समय दिनेहरूले मनग्गे लाभ लिन सक्नेछन्। खाद्यान्न, पहिरन, गरगहना, तथा बिलासी सामानको व्यापारमा उल्लेख्य सुधार हुनेछ। अध्ययन तथा अनुसन्धानको क्षेत्रमा राम्रो प्रगति गर्न सकिनेछ भने तपाईँको बौद्धिकताको सबैले सम्मान गर्नेछन्।

तुलाः साताको सुरु र अन्तको समय राम्रो रहेकोले भौतिक बस्तुको प्रयोग गर्न पाइने तथा राम्रा पहिरनमा सजिएर अरूको मन लोभ्याउन सकिनेछ। तपाईँबाट राम्रा काम हुने हुनाले परिवार तथा साथीभाइहरू खुसी हुनेछन्। पढाइ लेखाइमा सुधार गरी नतिजा आफ्नो पक्षमा ल्याउन सकिनेछ। राजनीति तथा समाजसेवामा जनताको साथ तथा समर्थन रहनेछ। नौलो प्रकृतिको काम गरेर आम्दानीका स्रोत बढाउन सकिनेछ भने व्यापारमा लगानी गर्नाले पछिसम्म लाभ मिल्नेछ। पारिवारिक जमघट वा घर परिवारमा आफन्तसँगै रहेर मिष्टान्न भोजन लिने अवसर मिल्ने हुनाले सबै खुसी रहनेछन्। मङ्गलवार र बुधबारको समय मध्यम रहेकोले स्वास्थ्य सम्बन्धी सामान्य समस्या देखा पर्न सक्ने तथा उपचार खर्च बढ्ने योग रहेको छ। न्यून पारिश्रमिकमा दिनभर समय व्यातित गर्नुपर्दा अन्य काममा समय दिन सकिने छैन। तरपनि लामो दुरीको यात्राको ग्रहयोग रहेको छ।

वृश्चिकः साताको सुरु र अन्तको समय मध्यम रहेकोले समयको गतिसँगै बढ्न नसक्दा प्रतिस्पर्धामा अरूभन्दा पछि परिनेछ  तयारी बिना नै महत्त्वपूर्ण काम सुरु गर्दा बिग्रनेछ। प्रेम प्रशङमा रमाउन चाहनेहरूका टाढै रहनु उपयुक्त हुनेछ भने घर परिवारमा आफन्तसँग मानमुटाव सिर्जना हुनेछ। मंगलबारबाट बिहीबार बिहान सम्मको समय राम्रो रहेकोले चाडबाड लक्षित सामानको व्यापारबाट आम्दानीका स्रोतहरू बढाउन सकिनेछ। दाजुभाइ तथा आफन्तबाट भने जस्तो सहयोग हुनेछ। माया प्रेममा सामीप्य बढेर जाने ग्रहयोग रहेको छ। सवारी साधन तथा अन्य भौतिक सम्पत्तिहरू लाभ हुनेछ ईच्चा आकांक्षा तथा मनोकामना पुरा हुने समय रहेको छ भने रोकिएका कामहरू बन्ने तथा नयाँ काम गर्ने अवसर आउनेछ शेयर बजार तथा वित्तीय क्षेत्रमा आज गरिने लगानीबाट भनेजस्तो आम्दानी गर्न सकिनेछ।  

धनुः समय राम्रो रहेकोले राम्रा काम गर्न सकिने हुनाले मान सम्मान तथा इज्जत प्रतिष्ठामा वृद्धि हुनेछ। विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ। अरूलाई प्रभावित पारेर काम बनाउने समय छ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। भूमि, वाहन र पैतृक सम्पत्तिबाट लाभ मिल्ने योग छ। पढ्ने लेख्ने काममा मन जाने हुनाले अरूभन्दा अग्र स्थानमा तपाईँको नाम आउनेछ। लामो दुरीको धार्मिक वा शैक्षिक यात्राको प्रशस्त सम्भावना रहेको छ। चाडबाड लक्षित सामान, पूजा सामाग्री तथा बिलासी सामानको व्यापारमा उल्लेख्य वृद्धि हुनेछ।

मकरः सोमबारसम्मको समय मध्यम रहेकोले। माया प्रेममा धोका हुनेछ भने दाम्पत्य जीवनमा घटपट आउनेछ।  समय तथा परिस्थिति अनुसार नचल्नाले दुःख पाइनेछ। सामान्य स्वास्थ्यमा समस्या आई उपचार खर्च बढेर जानेछ। पढाइ लेखाइमा समय दिन नसक्दा अरूभन्दा पछि परिने चिन्ताले सताउनेछ। मंगलबारबाट कल्याणकारी तथा तारिफयोग्य काम गरी चर्चामा आउन सकिनेछ। भाग्य तथा समयले साथ दिने हुँदा सानो प्रयत्नले ठुला कामहरू बन्नेछन्। धर्म तथा आध्यात्मिक क्षेत्रमा ध्यान जाने हुनाले धार्मिक प्रतिष्ठान वा मन्दिर तिरको यात्रा हुनेछ। बैक तथा वित्तीय क्षेत्रमा गरिएको लगानीबाट मनग्गे लाभ लिन सकिनेछ।  चाडबाड लक्षित सामानको व्यापारमा उल्लेख्य वृद्धि हुनेछ। समयको सदुपयोग गर्दै परिवार तथा आफन्तका साथ समय व्यातित हुने तथा रमाइलो ठाउँको भ्रमण हुनेछ।

कुम्भः सोमबारसम्मको समय राम्रो रहेकोले व्यावसायिक तथा मनोरञ्जनात्मक यात्रा हुनेछ । व्यापार फस्टाएर जाने हुनाले आर्थिक रूपमा सम्पन्न हुने समय रहेको छ। पढाइ लेखाइमा अरुदिन भन्दा सुधार भएर जाने तथा नतिजा आफैतिर ल्याउन सकिनेछ। पारिवारिक जमघटमा सामेल भई स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर जुर्नेछ। नयाँ ठाउँमा नयाँ नियुक्ति तथा काम गरिरहेको ठाउँमा बढोत्तरी हुने योग रहेको छ। मंगलबारबाट आफन्त तथा चेली माइती बिच बैमनस्यता बढ्ने ग्रहयोग रहेको छ। व्यापार व्यवसायमा समय दिन नसक्दा घाटा लाग्न सक्छ ध्यान दिनुहोला। माया प्रेममा धोका हुनेछ भने दाम्पत्य जीवनमा घटपट आउनेछ। समय तथा परिस्थिति अनुसार नचल्नाले दुःख पाइनेछ। सामान्य स्वास्थ्यमा समस्या आई उपचार खर्च बढेर जानेछ। यात्रा गर्दा वा सवारी साधनको प्रयोग गर्दा ख्याल गर्नुहोला।


मीनः साताको सुरु र अन्तको समय मध्यम रहेकोले खानपान तथा वातावरणको ध्यान दिनुहोला सामान्य स्वास्थ्य सम्बन्धी समस्या आउने ग्रहयोग रहेको छ। सरकारी काम गर्दा सचेत रहनुहोला काम बिग्रने तथा दण्ड तथा जरिवाना तिर्नुपर्ने हुनसक्छ। व्यवसायमा भनेजस्तो आम्दानी नहुने हुनाले दैनिक कामहरू प्रभावित हुनेछन्। मित्र तथा आफन्तको सल्लाह नमान्दा दुःख पाइनेछ। मंगलबारबाट बिहीबार बिहानसम्मको समय राम्रो रहेकोले चाडबाड लक्षित सामानको व्यापार फस्टाएर जाने हुनाले आर्थिक रूपमा सम्पन्न हुने समय रहेको छ। पढाइ लेखाइमा सुधार भएर जाने तथा नतिजा आफैतिर ल्याउन सकिनेछ। पारिवारिक जमघटमा सामेल भई स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर जुर्नेछ। नयाँ ठाउँमा नयाँ नियुक्ति तथा काम गरिरहेको ठाउँमा बढोत्तरी हुने योग रहेको छ। प्रेममा नजिक भई रमाउन सकिनेछ।
 

कमेन्ट लोड गर्नुस