सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा अटो दुर्घटनामा परेर एक महिलाको मृत्यु

२०८१ कार्तिक ३, ०४:४३ खबर संवाददाता

बैतडीः बैतडीमा अटो दुर्घटनामा परेर घाइते भएकी एक महिलाको मृत्यु भएको छ।

जिल्लाको दोगडाकेदार गाउँपालिका–७ खोचलेकमा सुदूरपश्चिम प्रदेश प्रदेश ०१–००१ ह ६०७० नम्बरको अटो अनियन्त्रित भएर सडकबाट १ सय मिटर तल खसेर शुक्रबार दिउँसो दुर्घटना भएको थियो। अटोमा सवार दोगडाकेदार गाउँपालिका–२ की ४५ वर्षीया बसन्ती जोशीको मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटना गम्भिर घाइते भएकी उनको उपचारको लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको हो। साथै दुर्घटनामा घाइते भएका १ जनाको जिल्ला अस्पताल बैतडीमा उपचार भइरहेको छ। अटो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

कमेन्ट लोड गर्नुस