सुदूर नेपाललाई विश्वसँग जोड्दै

बडीमालिका दर्शनका लागि राष्ट्रपति पौडेल बाजुरा जाँदै

२०८१ कार्तिक १, ०९:३८ खबर संवाददाता

धनगढीः राष्ट्रपति रामचन्द्र पौडेल आज बडीमालिका दर्शनका लागि जाने कार्यक्रम छ। बडीमालिका दर्शनका साथै बाजुरास्थित नाट्यश्वरी मन्दिरको उद्घाटन गर्ने कार्यक्रम रहेको राष्ट्रपति कार्यालयले जनाएको छ।

भ्रमण टोलीमा संस्कृति, पर्यटन तथा नागरिक उड्डययनमन्त्री बद्रीप्रसाद पाण्डेसमेत छन्। राष्ट्रपति पौडेल आजै काठमाडौं फर्किने कार्यक्रम रहेको छ।

कमेन्ट लोड गर्नुस