वैदिक हिन्दु धर्ममा शास्त्रको भूमिका !
निरञ्जन सुवेदी (शुक्ल यजुर्वेदीय धर्मशास्त्री / इन्जिनियर ) : आफ्नो वेदको स्वशाखाका ऋषिहरूले बताएका कल्पसूत्र (धर्मसूत्र, गृह्यसूत्र ,श्रैतसूत्र र शुल्बसूत्र) पढ्न पर्ने हुन्छ। धर्मसूत्र विधान वर्ण र आश्रमानुसार भक्ष्य अभक्ष्य , सामाजिक न्याय नीति दण्ड आदि विषयक मूल धर्म ग्रन्थ हुन् । गृह्यसूत्र हाम्रा १६ संस्कार (कुल ४०) का आधार हुन् ति संस्कार कसरि गरिन्छ तिनको व्याख्या छ , श्रौतसूत्र श्रौतयज्ञादि (जस्तै सोमयाग बाजपेय याग आदि ) का लागि मूल धर्मशास्त्र हुन् ।शुल्बसूत्र ले यागादि गर्न यज्ञशाला निर्माण विषय गणितज्ञ विषयहरू आदि को व्याख्यान छ ।यी हाम्रा मूल धर्मशास्त्रहरु हुन् ।
यी सबै मूल शास्त्र छोडेर मात्रै पुराण र गीता रटेको रटेइ गरेर धर्म को व्याख्यान गर्नु उचित छैन । गीता पनि कुनै बेग्लै ग्रन्थ हैन महाभारत युद्धप्रसंग बाटै पर्व अन्तर्गत को सानो अंश हो । गीता शास्त्र हो तर मूल धर्मशास्त्र हैन । गीता बाट १६ संस्कार यि गृह्यकार्य यज्ञ कसरि गर्ने यि सब को निर्णय गर्न सकिदैन ।
हामी आफ्नो स्वधर्म र कुलपरम्परामा आस्था राख्ने तदनुसार धार्मिक अनुष्ठानादि गर्ने स्मार्त हौं र कुनैपनि (अहिले १०००-१५०० वर्ष पूर्व उम्रेका) नूतन संप्रदाय का अनुयायी या स्मार्त भन्दैमा कुनै शङ्कराचार्य का अनुयायी या चेला चपेरा हैनौं।
देव-पितृलाइ पशुबलि साथै वेद प्रतिपादित हाम्रा पूर्वज ऋषिहरुले वर्णाश्रमानुसार भक्ष्य भनेर हाम्रा स्वशाखा का कल्पसूत्रमा हामीलाइ निर्देशित गरेका शाकवर्ग पशु मत्स्यादि को भक्षण हाम्रो पुस्ता पूर्वजहरुबाट परम्परागत हामीले पाएको संस्कार हो र यो हाम्रो र विशेषगरि पहाडी हरुको परम्परा को अभिन्न अङ्ग हो। अहिले भर्खरै २-४-५ पुस्ता पूर्व देखि विभिन्नि नूतन संप्रदाय मा लागेर आफ्नो परम्पराबाट च्युत् भएकालाई यी सब हाम्रा मूल परम्पराहरु अचम्म र अभद्र पनि लाग्लान्! त्यो तपाइको समस्या हो हाम्रो हैन। [तपाइका पूर्जहरुले के गरेका थियो यस्सो खनेर पनि खोज्नुहोस न , आफै बुझ्नुहुनेछ। ] हाम्रा पूर्वज ऋषिहरुले आहार लाई भक्ष्य-अभक्ष्य विभाजन गरी वर्णानुसार /आश्रमानुसार स्वशाखा मा निर्देशित गरेका छन्। शास्त्र अनुसार मांस भोजन गर्नेलाई होच्च्याएर हेर्ने पापी आदि अनाप सनाप बक्दै हिड्नेहरुले पैला त तपाईँको वेद र शाखा कुन हो चिन्नुहोस र तपाईँकै कल्पसूत्रले के निर्देश दिएका छन् ?आँखा खोलेर अध्ययन गर्नुहोस। ज्ञान छैन भने परम्परागत जसले जे अपनाउदै आयेका छन् तिनको उपहास या निन्दा न गर्नुहोस। आफ्नै स्वशाखा का कल्पसूत्र तक अध्ययन न गरेका स्वघोषित पण्डित आचार्य विद्यावारिधि झोले महाराजहरुले हामीलाई मांस भोजनको पाठ पढाउन पर्दैन। यस्तै गीता र भागवत मात्रै या केहि २-४ पुराण मात्रै पढेर धर्म-अधर्म को व्याख्यान नगर्नुहोस।
इतिहास पुराण प्रबल, पुराण भन्दा स्मृति प्रबल , स्मृति भन्दा श्रुति (वेद) प्रबल हुञ्छन्। वेदमै ब्राह्मण भाग भन्दा मन्त्र प्रबल हुञ्छन् , मन्त्रमै दुइ मन्त्रबीच विरोधाभास रहे विकल्प भनिएको छ! अतः वेदले विकल्प पनि प्रतिपादित गरेका छन्। यो क्रम मै धर्म-अधर्म कर्तव्य - अकर्तव्य को निर्णय हुञ्छ। पुराणमा भनेको छ भन्दैमा त्यो नै सर्वोच्च प्रमाण हुदैन, श्रुतिले सबैमाथि शासन गर्दछ र यदि कुनैपनि स्मृति या पुराण का वचन वेदविपरीत रहेको खण्डमा त्यो सर्वोच्च प्रमाण को रूपमा मान्य हुदैन। वेदको विधान ले अन्यसबै विधानलाइ परास्त गर्छ। वेदनै धर्म को उद्गमस्थल हो। वेदमूलक स्मृति या आचार नै ग्राह्य हुञ्छन्। कुनै शङ्कराचार्य को वचन पनि तबसम्म नै ग्राह्य रहन्छ जबसम्म त्यो वेदमूलक रहन्छ, वेदविपरीत रहेको खण्डमा त्यो पनि त्याज्य रहन्छ । चाहे देवता नै आयेर वेदविपरीत उपदेश दिये भने त्यो अग्राह्य रहन्छ।
वैदिक सनातन वर्णाश्रम धर्ममा अहिंसा को विधान ब्रह्मचर्य र सबैभन्दा कडा अहिंसा को विधान त संन्यास आश्रमका लागि उपदिष्ट गरियेको छ। जस्तै वेदाध्ययनं गर्ने ब्रह्मचारी ले बुटो काटेर काठ ल्याउन हुदैन, स्त्री सहवास मद्य र मांस भोजन गर्नु हुदैन, र यज्ञ का लागि काठ पनि स्वयं सुकेर तल झरेका काठ नै बटुलेर ल्याउनु पर्छ किनकि काठ काट्दा पनि हिंसा हुञ्छ। यस्तै संन्यासीले स्वयं तल झरेका फल नै ग्रहण गर्नु पर्छ किनकि फल टिप्दा पनि हिंसा हुञ्छ, संन्यासी ले भोजन पकाउने शाक सब्जी टिप्ने काट्ने जस्ता हिंसक कार्य बोट विरुवा फल सब्जी काट्ने हिंसक कार्य गर्नु हुदैन, यस्तै काठ काटेर आगो जलायेर पकाउने आदि कार्य पनि गर्न हुदैन। मनुष्य को वीर्य जस्तै बीज धान्यादि मा पनि जीवन रहेको हुनाले यसकारण निवृत्ति वैराग्य मार्गमा हिडेका संन्यासीलाई अग्नि मा भोजन पकाउन निषेध भनियेको बुझिन्छ।हिंसा - अहिंसा लाइ अति सूक्ष्म रूपले बुझ्नु आवश्यक छ।
अहिले नवरात्र र दशैं को अवसर मा वैदिक पशुबलि र भक्ष्य जनावरलको मांस भक्षण विषयमा समाज को धारणा विघटित देखियेको छ एउटो दुबै को समर्थक, दोस्रो दुबै को विरोधी , तेस्रो बलि ठीक छ तर मांसभक्षण अनुचित , चतुर्थ अलमल यता न उताको । तपाइहरुको मनोकल्पित धारणाले केहि सिन्को पनि फरक पर्दैन, किनकि अहिलेको बहुमत समाज भनेकै भेडा भेडियाको झुण्ड हो! के उचित के अनुचित यसविषयमा शास्त्र नै प्रमाण हुन्। वेद-वेदाङ्गादि , आप्तवचन, स्मृति इतिहास पुराणादि सबैशास्त्रमा सामञ्जस्व राखि शास्त्रीय मर्म बुझाउन सक्ने शास्त्रज्ञ अचेल अति न्यून र दुर्लभ नै हुनुहुञ्छ र प्रायजसो हावा को लहरमा बग्ने बहुमत समाज वहाँहरुबाट अपरिचित नै छ।
सामाजिक सञ्जाल मा वीडियो र री३ल बनायेर यूट्यूब र फेसबुक बाट (अ)ज्ञानदिनेलाई पुज्दै गुरु बनाउदै हिड्ने हैन! जसले शास्त्रीय परम्परा नै पायेका छैनन र जिनको कुल गोत्र कुटुम्ब परम्परा जसको ज्ञात नै छैन तिनलाई फेसबुकमा या अन्यत्र हेरेर सुनेर गुरु बनाउदै पुज्दै हिड्ने हैन!
माता पिता पछि उपनयन गरायिदिने गुरु हुन तत् पश्चात् वेद को पाठ पढाउने हाम्रा गुरु हुन् , विधिवत् केहि विशेष विद्याहरु दिने शास्त्रहरु सिकाउने हाम्रा गुरु हुन् , हाम्रो कुल-कुटुम्बभित्र हामीभन्दा ठुला अनुभवी संस्कृत संस्कारी व्यक्ति पनि हाम्रा गुरु हुन्, यति धेरै गुरुजन छन् । अनि यि भन्दा बाहिर जसबाट हामीले कुनै विधिवत् ज्ञान नै लियेका छैनम् तिनलाई गुरु बनाउदै हिड्ने हैन, ज्ञानीजन को मर्यादा मान सम्मान सत्कार आदि गर्नु उचित हो र त्यो बेग्लै विषय हो!
यस्तै पैसा बटुल्न प्रवचन लगाउदै शास्त्रीय ज्ञान बेचेर देश दुनिया घुम्दै रमाउदै हिड्ने पनि गुरु हैनन्।
यस्तै विवाहित स्त्रीकालागि पति नै सर्वप्रथम गुरु हो , र पतिको कुल नै गुरुकुल हो।
प्रमाण के हुन श्रुति(वेद) या स्मृति?
वेदः स्मृतिः आचारश्च प्रमाणम्।
तत्र वेदः स्वतन्त्रं प्रमाणम् इतरौ तु वेदमूलकतया।
(-धर्ममीमांसापरिभाषा)
वेद स्मृति र आचार यि धार्मिक प्रमाणहरु हुन । वेद स्वतन्त्र प्रमाण हो भने स्मृति र वैदिक शास्त्रीय परम्पराबाट आयेका शिष्ट हरुले बतायेको आचार वेद मूलकतया वेद आधारित भये मात्रै प्रमाण मानिन्छ । वेदमूलक भयेन भने त्यो प्रमाण को रूपमा स्वीकार्य हुँदैन।
श्रुतिः स्मृतिः सदाचारः स्वस्य च प्रियमात्मनः ।
एतैच्चतुर्विधम्प्राहुः साक्षाद्धर्मस्य लक्षणम् ॥
(-मनुस्मृतिः)
यस्तै वेद मूलक या स्मृति मूलक आचार (सदाचार) पनि धर्म के हो र अधर्म के हो यस प्रति प्रमाण हुञ्छन् । वैदिक शास्त्रीय शिष्टहरुद्वारा दियेको आचार धर्मनिर्णायक हुञ्छ । तर जो आचरण श्रुति शास्त्र (वेद) प्रतिकूल हुञ्छन , तिनि प्रमाण को रूपमा मान्य हुँदैनन्।
वेदोऽखिलोधर्ममूलं स्मृतिशीलेच तद्विदाम् ।
समस्त धर्म को मूल प्रमाण भनेको वेद हो , वेदमूलक भयेको कारणले मात्रै नै स्मृतिहरु (पुराण इतिहास र अन्य शास्त्रहरु) र शीलं ( शिष्टहरुबाट आयेको सदाचार) पनि धर्म-अधर्म विषय प्रति प्रमाण हुञ्छन्।
अतः ऋषिहरुले तद्-तद् शाखा र स्वसूत्र अनुसार तद्-तद् वर्ण र आश्रमलाई निर्दिष्ट धर्म तद्-तद् देशाचार र लोकाचार भक्ष्य-अभक्ष्य हिंसा-अहिंसा अनुशरण गर्नु भनेका छन्।
संस्कृत अध्ययन गरेर नामधारी डिग्री लियेर मात्रै पुग्दैन, अल्लि ढङ्गसित गहिरो अध्ययन गर्नुपर्छ, विश्वविद्यालयबाट विभिन्न दर्शन या साहित्यमा डिग्री लिदैमा कोहि शास्त्री आचार्य बन्ने हैन, डिग्रीधारी बन्ने हो। परम्परा र संस्कार पायेन भने डिग्री मात्रै राखेर आचार्य बनिदैन।यस्तै शास्त्री आचार्य तक अध्ययन गर्दैमा एक वर्ण बाट अर्को वर्ण मा वर्णपरिवर्तन पनि हुँदैन। साहित्य आदि मा शास्त्री आचार्य तह तक पढ्दैमा कोही कर्मकाण्डी ब्राह्मण पनि बन्दैन, कर्मकाण्डी बन्न त कर्मकाण्ड को विद्या र त्यसमा परम्परागत रूपले प्रशिक्षित हुनु पर्छ। सर्वप्रथम त संस्कार र परम्परा चाहिन्छ! पाठ्यक्रम भन्दा १०० गुणा त विभिन्न शास्त्रहरु गुरुजन बाट र स्वयं पनि अध्ययन गर्नु पर्दछ अनि जब ज्ञानाग्नि
प्रज्ज्वलित हुञ्छ अनि बल्ल डिग्री का साथ साथै आचार्य कहलाउन योग्य भयिन्छ। भावुकता र भ्रममा न परौं।