सुदूर नेपाललाई विश्वसँग जोड्दै

युवा लखेट्ने काम बन्द गरौँ

२०८१ चैत्र १२, ०७:२२

प्रेम साउँद: कैलालीको सुखडका युवाहरू काठमाडौँमा धेरै छौ। हामीहरू अध्ययनको लागि काठमाडौँमा छौ। विदेश जान तयारीका लागि काठमाडौँमा छौ। जीवनमा केही गरौँ भन्ने सोचसहित यहाँ आएकाहरू पनि छौ। जीवनमा केही सङ्घर्षहरू गर्दै सफलताको सपना बोकेर काठमाडौँमा छौ। सङ्घीय राजधानीमा हामी सङ्घर्ष गर्दै आएकाहरू सयौँ छौ। हामीहरूमा धेरै साथीहरू वैदेशिक रोजगारीको तयारीका लागि काठमाडौँ आएका छौ।

सुखडका मात्र होइन, नेपाल भरबाट विदेश जानेहरूको लहर छ। त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा देश छोड्नेहरूको भिड हुन्छ। दैनिक मेला लागेको हुन्छ। विमानस्थलको दृश्य हेर्न नसकिने हुन्छ। मन भारी हुन्छ। आँखा धमिला हुन्छन्। साथीहरू विदेश जाने भएपछि धेरै पटक त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल पुगेको छु। मन भारी पारेको छु। आँखा भरी आँसु भएको धेरै घटनाहरू छन्। विमानस्थलमा मैले धेरैको आँसु देखेको छु। बुढी आमाहरूले सन्तान विदेश जाँदा मन भारी बनाएको देखेको छु। देश विकासमा लाग्नु पर्ने युवाहरू आफ्नो र परिवारको गुजारा चलाउनैका लागि पनि विदेश हानिदैछन्।

साथी विदेश जाँदा विमानस्थलसम्मै पुगेपछि उनीहरू फर्किदा पनि स्वागत गर्नै पर्यो। देश फर्किएका साथीहरूलाई विमानस्थलमा स्वागत गरेको छु। उनीहरूका अनुभव सुनेको छु। उनीहरूका पीडा सुनेको छु। उनीहरूसँग नजिकबाट विदेशमा पाउने दुःखको आभास मैले गरेको छु। विदेशमा हुँदा पनि साथीहरूले पीडा मसँग नपोखेका पनि होइनन्। तर, उनीहरू सबैको नाम लेख्न सकिने अवस्था यो लेखमा छैन। तर, यति लाग्छ, नेपालमा नै रोजगारी भैदिएको भए, साथीहरूका यो पीडा सुन्नु पर्दैन थियो। उनीहरूको परिवार पनि खुसी हुने थिए। हामी साथीहरूसँग सधैँसँगै हुने थियौ। साँझ–बिहान चिया भेट हुने थियो। चिया भेट अहिले पनि हुन्छ। तर, केही विदेशबाट फर्किएका साथीहरूसँग, केही विदेश जान लागेका साथीहरूसँग। तर, नेपालमा नै स्वरोजगार भएका वा रोजगारी भएका साथीहरूसँग कम मात्र चिया भेट हुने गरेको छ।

अब म तपाइहरूलाई मेरो लेखको मुख्य विषय बस्तुमा प्रवेश गरोछु। २०८१ माघमा दाजु डबल शाहसँग सुखड तथा घोडाघोडीका युवाहरूले भेट गर्ने योजना बनायौ। उहाँले हामीहरूसँग भेट गर्ने इच्छा व्यक्त गरेपछि मैले साथीहरूलाई बोलाएको थिए। काठमाडौँमा रहेका साथीहरूसँग मैले सम्पर्क गरे। हामीहरूको भृकुटीमण्डपमा भेट गर्ने योजना थियो। सुखडमा पर्यटन व्यवसाय गर्दै आउनु भएका दाजुले साथीहरूलाई चिया र कफी खाँदै अनुभवनहरू सुनाउनु भयो। हामीहरूले अग्रजका अनुभवहरू सुन्दै चिया खायौ। केही साथीहरूले कफी पनि खाए। देशको अवस्था देखेर निराश भएका साथीहरूलाई डबल शाहले हौसला दिनु भयो। युवाहरूले गर्ने सामाजिक कामहरूमा सहयोग गर्ने उहाँको आश्वासन थियो। सुखड क्षेत्रमा हुने सामाजिक तथा खेलकुदहरूमा डबल शाहले धेरै पटक सहयोग पनि गर्दै आउनु भएको छ।

पछिल्लो समयमा घोडाघोडीमा ठुलो सङ्ख्यामा विदेशी पर्यटकहरू आएपछि धपाउने काम भएको छ। स्थानीय स्तरमा पर्यटन क्षेत्रमा ठुलो लगानी गरेका व्यवसायीहरूको आर्थिक लाभमा आँखा लगाउने दुष्प्रयास भएको छ। डबल शाहले सम्झाउने प्रयास गर्दा उल्टै मुद्‍दा हालिएको छ। उनीहरूलाई विस्थापित गर्ने मनसायका साथ पत्रकारहरूले प्रशासन प्रयोग गरेका छन्। प्रहरीमा उजुरी दिएका छन्। डबल शाह हामी युवाहरूका लागि मात्र होइन, तपाइहरूका लागि चाहिने व्यक्ति हो। घोडाघोडीका लागि चाहिने व्यक्ति हो। विश्व रामसार सूचिमा सूचीकृत घोडाघोडी ताल क्षेत्र चिनाउने व्यक्ति हो। उहाँको चिया तपाइ हामी सबैले खाएको हो। उहाँबाट सहयोग तपाइ हामी सबैले लिएकै हो। अझै लिनुपर्ने छ। उहाँले ओजुवामा ६/७ जना स्थानीय युवाहरूलाई रोजगारी दिनु भएको छ। उहाँ विस्थापित नभए पो सहयोग गर्नु होला। उहाँलाई विस्थापित गर्ने योजनाहरू बन्द गरौ। देशमा लगानी गरेका युवाहरू लखेट्ने काम बन्द गरौ। डलब शाहका पीडाहरू पनि सुनौ। युवाहरूका पीडा सुनौ। मनन गरौ। सक्नेले सहयोग गरौ।

हाम्रो समाजलाई कुनै असर नगरेर सिमली जङ्गलमा बसेकाहरूलाई धपाउनु ठिक थिएन, ठिक होइन। उनीहरू हाम्रा पाउना हुन। उनीहरू शान्ति खोज्न हाम्रो ठाउँमा आएका हुन। उनीहरूलाई विभिन्न कारणले दुःख दिनु हुँदैन। उनीहरू पर्यटक हुन्। उनीहरूबाट केही नभएपनि हाम्रो क्षेत्रमा व्यवसाय गर्दै आएकाहरूले लाभ लिन सक्नु हुनेछ। तर, उनीहरूले जीवन भरीका लागि जङ्गल कब्जा गरेको भना हुने गरेर हल्ला गरिएको छ। उनीहरूलाई लखेट्ने काम भएको छ। प्रशासनले पनि प्रक्रिया पूरा गर्न तिर जाने हो, नकी पर्यटकहरूलाई लखेट्न। ठुला घरहरू, चिल्ला सडकहरू हेर्न हाम्रो देशमा कोही आउने वाला छैनन्। हाम्रो देशको भन्दा उनीहरूको देशमा स्तरीय भौतिक संरचनाहरू छन्। हामीले उनीहरूलाई देखाउने भनेकै जङ्गलहरु हुन्। सुन्दर हिमालहरु हुन्। सुन्दर प्राकृतिक सम्पदाहरू हुन्। खै बुजेको, बुज्ने प्रयास गरेको ? एक सय ५० को सङ्ख्यामा रहेका उनीहरू एक महिनासम्म मात्र हाम्रो घोडाघोडीमा बसेको भए, केही लाभ त हाम्रा व्यापारीहरूले लिने थिए, होइन र ?

रेम्बो नयाँ समूह होइन। विश्व भरी छरिएको, विभिन्न देशहरुमा यस्तै गतिविधिहरू गर्दै आएको, गत वर्ष अछामको रामारोशनमा लामो समयसम्म बसेको सबैलाई जानकारी छ। घोडाघोडीका लागि मात्र रहस्यमय कसरी भयो ? विश्व परिवेश पनि बुझौ। २० सौँ हजारको सङ्ख्यामा उनीहरू शान्त, प्राकृतिक र एकान्त ठाउँमा आफ्नो चाहाना अनुसार बसोबास गर्ने रेम्बो परिवारको चलन हो। घोडाघोडी पर्यटकीय क्षेत्र चिनाउन उनीहरूको पनि महत्व पूर्ण भूमिका होला। १८/२० देशका नागरिकहरूले अन्यलाई पनि हाम्रो ठाउँको बारेमा वर्ण गर्छन होला। पर्यटकलाई हामीले सुरक्षा दिने हो, तनाव होइन।

 

कमेन्ट लोड गर्नुस