सुदूर नेपाललाई विश्वसँग जोड्दै

इजरायली हवाई आक्रमणमा लेबनानमा चार जनाको मृत्यु

२०८१ असोज २३, ०८:१९ खबर संवाददाता

एजेन्सीः इजरायली हवाई आक्रमणमा बुधबार मध्य लेबनानमा विस्थापित नागरिकहरूको आवासमा चार जनाको मृत्यु भएको छ भने अन्य १० जना घाइते भएका छन्। माउन्ट लेबनान गभर्नरेटको चौफ जिल्लाको गाउँ वरदानिएहमा रहेको दार अल–सलाम होटललाई लक्षित गरी आक्रमण भएको थियो।

यस होटलले दक्षिणी र पूर्वी लेबनानमा इजरायली हवाई आक्रमणबाट भागेका शरणार्थीहरूलाई आश्रय दिइरहेको एनएनएले बताएको छ। सेप्टेम्बर २३ देखि इजरायलले लेबनानभरि व्यापक हवाई आक्रमणहरू सञ्चालन गरेको छ। उक्त आक्रमणले देशभरि लाखौँ मानिसलाई विस्थापित गरेको छ।
 

कमेन्ट लोड गर्नुस