सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिम रोयल्समा केपी खनाल एम्बेसडर नियुक्त

२०८१ असोज २२, ०९:४२ खबर संवाददाता

सुदूरपश्चिम रोयल्सले केपी खनाललाई आफ्नो सामाजिक अभियन्ता (सोसियल एक्टिभिस्ट) एम्बेसडरको रूपमा नियुक्त गरेको छ। सुदूरपश्चिम रोयल्सका मालिक स्वतन्त्रप्रताप शाह र सामाजिक अभियन्ता खनालबीच मंगलवार औपचारिक सम्झौतामा हस्ताक्षर भएको छ।

खनालले क्लिन काष्ठमण्डप सरसफाई अभियान र मैनादेवी फाउन्डेसन मार्फत हरियाली र स्वच्छता अभियानमा स्थानिय निकायहरूसँग सहकार्य गर्दै आएका छन्। सामाजिक अभियन्ताका रूपमा केपी खनालसँगको सहकार्यले सुदूरपश्चिम रोयल्सलाई जनस्तरमा अझ परिचित बनाउन प्रभावकारी भूमिका खेल्ने विश्वास गरिएको छ।

नियुक्तिपछि खनालले सुदूरपश्चिमसँगको सम्बन्धबारे खुशी व्यक्त गर्दै भने, “सुदूरपश्चिम क्रिकेटका लागि उर्वर भूमी हो। क्रिकेटको माध्यमबाट सुदूरपश्चिमलाई जनस्तरमा पुर्याउन म आफ्नो भूमिका निर्वाह गर्नेछु।’ नेपाल क्रिकेट संघ (क्यान) द्वारा आयोजित नेपाल प्रिमियर लिग (एनपिएल) आगामी मंसिर १६ गतेबाट सुरु हुँदैछ। सुदूरपश्चिम रोयल्सले केहि साता पछि आफ्नो तयारी सुरु गर्ने योजना बनाएको छ।
 

कमेन्ट लोड गर्नुस