सुदूर नेपाललाई विश्वसँग जोड्दै

काभा पुरुष यु–२० च्याम्पियनसिपमा नेपाली टोलीको विजयी सुरुआत

२०८१ असोज २०, ०८:२३ खबर संवाददाता

काभा पुरुष यु–२० च्याम्पियनसिपमा नेपाली युवा टोलीले विजयी सुरुआत गरेको छ।

श्रीलंकाको कोलम्बोमा आइतवार भएको पहिलो खेलमा नेपालले घरेलु टोली श्रीलंकालाइ ३–० को सोझो सेटमा पराजित गरेको हो। प्रतियोगिता असोज २६ गतेसम्म श्रीलंकामा चल्नेछ।

नेपाली टोलीमा पहल गहतराज, सुरेश मल्ल, शैलेन्द्र यादव, सूर्य विक, अर्जुन नेपाली, विश्वास अधिकारी, सागर रसौली, अशोक राना, जितबहादुर कार्की, सुजन सुनार, रेसमन राहादी, दिनेश कुँवर रहेका छन्।
 

कमेन्ट लोड गर्नुस