सुदूर नेपाललाई विश्वसँग जोड्दै

पूर्ववर्ती सरकारले गर्भरनर अधिकारीमाथि छानविन गर्न बनाएको जाँचबुझ समिति रद्द

२०८१ असोज २०, ०७:०१ खबर संवाददाता

काठमाडौँः सरकारले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीमाथि छानविन गर्न भन्दै पूर्ववर्ती सरकारले बनाएको जाँचबुझ समिति रद्द गरेको छ।

मन्त्रिपरिषदको आइतवार बसेको बैठकले उक्त समिति रद्द गर्ने निर्णय गरेको सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले बताए। तत्कालिन अर्थमन्त्री जनार्दन शर्माले अधिकारीमाथि छानविन गर्न भन्दै यस्तो समिति बनाउन प्रस्ताव पेश गरेअनुसार समिति बनेको थियो।

आजको मन्त्रिपरिषद बैठकले थाइल्याण्डको बैंककमा असोज २२ देखि २४ सम्म आयोजना हुने सामाजिक विकाससम्बन्धी कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य डाक्टर प्रकाशकुमार श्रेष्ठ नेतृत्वको प्रतिनिधिमण्डललाई सहभागी हुन स्वीकृति दिएको छ। बैठकले वैदेशिक रोजगार न्यायाधिकरणको अध्यक्ष पदमा उच्च अदालत दीपायलका न्यायाधीश गोकर्ण डाँगीलाई तोक्ने निर्णय समेत गरेको छ।

कमेन्ट लोड गर्नुस