सुदूर नेपाललाई विश्वसँग जोड्दै

अभिनाश बोहरा १२ लाखमा सुदूरपश्चिम रोयल्समा आवद्ध

२०८१ असोज २०, ०५:५० खबर संवाददाता

काठमाडौंः नेपालका डेथ ओभर स्पेसलिष्ट बलर अभिनाश बोहरा १२ लाख रुपैयाँमा सुदूरपश्चिम रोयल्समा बिक्री भएका छन्।

न्यूनतम १० लाख रुपैयाँ राखेका उनलाई किन्न कर्णाली याक्स र सुदूरपश्चिमबीच प्रतिस्पर्धा भएको थियो। तर, कर्णालीले साढे ११ लाख पछि मुल्य लगाउन चाहेन। अन्य टोलीले पनि खासै रुची देखाएनन् । त्यसैले १२ लाखमा सुदूरपश्चिमले पाएको हो। अभिनाश टी–२० विश्वकपपछि नेपालको टोलीमा छैनन्। पछिल्लो समय त्यति राम्रो प्रदर्शन नहुँदा खासै महँगो मूल्य पाउन सकेनन्।
 

कमेन्ट लोड गर्नुस