सुदूर नेपाललाई विश्वसँग जोड्दै

भारतीय विदेशमन्त्री एसजयशङ्कर पाकिस्तान जाने 

२०८१ असोज १८, ०७:३० खबर संवाददाता

एजेन्सीः भारतीय विदेशमन्त्री एसजयशङ्कर परम्परागत कट्टर दुश्मन छिमेकी मुलुक पाकिस्तान जाने भएका छन्।

जयशङ्करले अक्टोबर १५ र १६ मा हुने संघाई सहयोग सङ्गठन (एससीओ) सम्मेलनमा सहभागीता जनाउने भएका हुन्। विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले विदेशमन्त्री जयशङ्कर एससीओ सम्मेलनमा भाग लिन पाकिस्तानको राजधानी इस्लामावाद जाने जानकारी दिए।

यसअघि पाकिस्तानका विदेशमन्त्री बिलावल भुट्टो एससीओ बैठकमा भाग लिन भारतको गोवा गएका थिए। भुट्टोलाई भारतका विदेशमन्त्री जयशङ्करले स्वागत गरेका थिए। 
 

कमेन्ट लोड गर्नुस