सुदूर नेपाललाई विश्वसँग जोड्दै

मुख्यमन्त्री शाहले गरे पुर्चौंडीको प्रशासकीय भवन उद्घाटन

२०८१ असोज १८, १०:५२ खबर संवाददाता

बैतडीः सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले बैतडीको पुर्चौंडी नगरपालिकाको नवनिर्मित भवन उद्घाटन गरेका छन्।

गत असार २१ गते निर्माण सम्पन्न भएको भवनको बिहीवार मुख्यमन्त्री शाहले उद्घाटन गरेका हुन्। २०७७ साल मंसिर १६ गते वाइआर कन्सट्रक्सनसँग नगरपालिकाको प्रशासकीय भवन निर्माणका लागि ६ करोड ७६ लाख ६८ हजार ८५ रुपैयाँमा सम्झौता भएको थियो।

घटनास्थापनाको अवसर पारेर नयाँ भवनको उद्दघाटन गरिएको पुर्चौंडी नगरपालिकाका प्रमुख दीपकबहादुर बमले बताए। स्थानीय तह भएपछि पुर्चौंडी नगरपालिकाले झण्डै ८ वर्षपछि आफ्नै भवन पाएको छ। यसअघि नगरपालिकाले भाडाको भवनबाट सेवा दिँदै आएको थियो।

 

कमेन्ट लोड गर्नुस