सुदूर नेपाललाई विश्वसँग जोड्दै

जापानको विमानस्थलमा विश्वयुद्धका बेला अमेरिकाले फ्याकेका बम विष्फोट

२०८१ असोज १७, ०७:५७ खबर संवाददाता

एजेन्सीः जापानको एक विमानस्थलमा विश्वयुद्धको समयमा अमेरिकाले फ्याकेको बम विष्फोट भएको छ।

बुधवार दक्षिण पश्चिम जापानको मियाजाकी विमानस्थलमा सो बम विष्फोट भएको हो। विष्फोटको समयमा आसपासमा कुनै विमान थिएन। ट्याक्सी हिँड्ने बाटोमा बम विष्फोट हुँदा खाल्डो बनेको छ।

आत्मरक्षा बल र प्रहरीले गरेको अनुसन्धानपछि विष्फोट भएको बम ५०० पाउन्ड तौलको अमेरिकाले फ्याकेको बम भएको खुलासा सञ्चारमाध्यले जनाएका छन्। विष्फोटपछि अरु खतरा नभएको बताइएको छ। बम के भएर पड्कियो भन्ने खोजी भइरहेको छ। यो घटनापछि विमानस्थलबाट हुने ८० भन्दा धेरै उडान रद्द गरिएको छ।
 

कमेन्ट लोड गर्नुस