सुदूर नेपाललाई विश्वसँग जोड्दै

लेबनानमा इजरायलको आक्रमणबाट हिजबुल्लाहका १५ सदस्य मारिए

२०८१ असोज १७, ०५:३० खबर संवाददाता

एजेन्सीः इजरायलले लेबनानको बिन्त जबेल जिल्लासहित धेरै ठाउँमा आक्रमण गरेको छ। आफ्नो आक्रमणमा १५ हिजबुल्लाह सदस्य मारिएको इजरायली सेनाले जनाएको छ।

‘रातभरि उनीहरूका युद्धक विमानहरूले बिन्ट जबेलमा स्थानीय प्रशासनको भवनमा आक्रमण गरेका थिए, त्यहाँ हिजबुल्लाह लडाकुहरू बस्दै थिए, साथै ठूलो मात्रामा हिजबुल्लाह हतियार पनि थिए।’ इजरायल डिफेन्स फोर्स (आईडीएफ)ले भनेको छ।

आक्रमणमा १५ हिजबुल्लाह लडाकू मारिएको आईडीएफले भनेको छ। लेबनानमा हतियार भण्डारण साइटहरू र अवलोकन पोस्टहरू सहित आईडीएफले हिजबुल्लाहका झन्डै लगभग २०० ठाउँमा प्रहार गरेको बताएको थियो।

यसअघि इजरायलको सेनाले दक्षिणी लेबनानमा आफ्ना आठ सैनिक मारिएको बताएको थियो। आईडीएफले मंगलबारदेखि हिजबुल्लाह विरुद्ध जमिनबाट आक्रमण सुरु गरेको छ।
 

कमेन्ट लोड गर्नुस