सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुनको भाउ आठ सय रुपैयाँले बढ्यो

२०८१ असोज १६, १२:३३

काठमाण्डौः सुनको भाउ आज आठ सय रुपैयाँले बढेको छ।

आठ सयले बढेर तोलाको एक लाख ६० हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। हिजो पाँच सयले घटेर तोलाको एक लाख ६० हजार रुपैयाँ रहेको थियो।

यस्तै आज चाँदीको भाउ पनि बढेको छ। चाँदी १० रुपैयाँले बढेर तोलाको एक हजार नौ सय ३५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ। 

कमेन्ट लोड गर्नुस