सुदूर नेपाललाई विश्वसँग जोड्दै

ट्युनिसियामा डुंगा दुर्घटना हुँदा १२ जनाको मृत्यु

२०८१ असोज १४, ०७:२७ खबर संवाददाता

एजेन्सीः दक्षिणपूर्वी टापु जेर्बाको तटीय क्षेत्रमा सोमवार एक आप्रवासी चढेको डुंगा पल्टिँदा तीन बालबालिकासहित कम्तीमा १२ जनाको मृत्यु भएको छ।

मेडेनिन अदालतका प्रवक्ता फेथी बाकुचेले मृत्यु हुनेमा पाँच पुरुष र चार महिला रहेको बताए। डुंगा के कारणले डुबेको थियो भन्ने कारण यो समाचार तयार पार्दासम्म पत्ता लाग्न सकेको छैन। ट्युनिसियाली नेसनल गार्डले चार जना आप्रवासी पौडी खेलेर किनारामा फर्किएको जनाएको छ।

ट्युनिसिया र छिमेकी लिबिया युरोपमा राम्रो जीवनयापन गर्न चाहने आप्रवासीका लागि प्रमुख प्रस्थान बिन्दु बनेका छन्। प्रत्येक वर्ष दशौं हजार मानिसहरू ट्युनिसिया हुँदै युरोपतर्फ जान समुद्रको खतरनाक यात्रा गर्ने गर्छन्। जनवरी १ देखि ट्युनिसियाको तटीय क्षेत्रमा कम्तीमा १०३ वटा अस्थायी डुंगा डुबेको र ३४१ जनाको शव निकालिएको सरकारले जनाएको छ। 
 

कमेन्ट लोड गर्नुस