दार्चुलामा भिरबाट खसेको ढुङ्गा लागेर एक जना गम्भीर घाइते
दार्चुलाः दार्चुलामा भिरबाट खसेको ढुङ्गा लागेर एक जना गम्भीर घाइते भएका छन्।
जिल्लाको व्यास गाउँपालिका–२ आतुङ्कीमा नेपाली सेनाले निर्माण गरिरहेको तिंकर सडकखण्डमा काम गर्ने मजदुर ढुङ्गा लागेर गम्भीर घाइते भएको प्रहरीले जनाएको छ।
घाइते हुनेमा डोल्पाको तिरपुरासुन्दरी नगरपालिका–६ पालङका २२ वर्षीय धनप्रसाद डाँगी रहेका छन्। उनलाई उपचारका लागि जिल्ला अस्पताल दार्चुलामा लगिएको छ।